शुक्रबार, साउन २, २०८२

सशस्त्रका ३ जना एसएसपी डिआइजी बढुवामा


गणेश विक


काठमाडौं । सशस्त्र प्रहरी बलका तीन जना वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवा सिफारिस भएका छन्।

बिहीबार गृह मन्त्रालय बढुवा सिफारिस समितिले तीन जनालाई बढुवा सिफारिस गरेको हो।

बढुवा सिफारिसमा पर्नेहरूमा कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट रहेका छन्। यो बढुवा सिफारिसमा चित्त नबुझे अन्य उम्मेदवारले सात दिनभित्र उजुरी दिन सक्छन्।

तर, फौजी संगठनमा बढुवा-सरुवामा चित्त दुखाएर उजुरी गर्नेहरू प्राय: छैनन्।

यो बढुवा सिफारिसमा नअटाएका कृष्णराज पाठक हुन्। उनी सबैभन्दा वरिष्ठ एसएसपी थिए। अघिल्लो पटकको बढुवामा समेत उनी छुटेका थिए।

पाठकका ब्याचमेट सुरेश श्रेष्ठ, अन्जनीकुमार पोखरेल, दीपेन्द्र शाह, पुरुषोत्तम थापा र दीपक अधिकारी यसअघि नै बढुवा भइसकेका थिए।

बढुवामा परेकामध्ये कुँवर कांग्रेस सभापति शेरबहादुर देउवाका ज्वाइँ नातामा पर्छन्। कुँवर देउवाका स्वकीय सचिव भानुका बहिनी-ज्वाइँ हुन्। बढुवामा सिफारिस भएका ढकाल पहिलो ब्याचका हुन् भने कुँवर र भट्ट दोस्रो ब्याचका हुन्।

कुँवर यसअघि एसएसपी बढुवा हुँदासमेत पहिलो नम्बरमा परेका थिए। उनले बढुवामा अस्वाभाविक छलाङ मारेको आरोप लाग्ने गरेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत