मङ्लबार, चैत्र २४, २०८२

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


गणेश विक


काठमाडौं । आज संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभा दिउँसो १ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक सवा १ बजे बस्नेगरी बोलाइएको छ ।

आज राष्ट्रियसभाको बैठकमा राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको विधेयकहरूका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूची रहेको छ ।

त्यस्तै विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले नपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत