बुधबार, चैत्र २५, २०८२

मोरङमा आज के गर्दैछ माओवादी ?


कान्तिपथ


नेकपा (माओवादी केन्द्र)ले सोमबारदेखि सुरु गरेको हुलाकी मार्ग एवं पूर्वपश्चिम लोकमार्गमा आधारित जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत आज मोरङमा १० स्थानमा कार्यक्रम तय भएको छ ।

पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितको पदाधिकारीको टोली बिहान ९ बजे मोरङको कानेपोखरी चोकमा आइपुग्ने भएको छ । त्यहाँ चिया खाएर साढे ९ बजे पार्टी प्रवेश गर्न लागेका कांग्रेस नेता जयराज लिम्बुको घरमा भेटघाट कार्यक्रम रहेको छ । त्यसपछि कानेपोखरी रमाइलो बजारमा खबरदारी सभा तय भएको छ ।

त्यहाँको कार्यक्रम सकेर अभियान टोली मोरङ सुनवर्षीको कदमगाछीमा रहेको सुधीर मण्डलको घर साढे १२ बजेसम्ममा खाना खाने, सहिद परिवार जुब्बा सोरेनको घरमा भेटघाट गर्ने र १ बजेदेखि साढे २ बजेसम्म रतुवामाईको आमबारी चोकमा खबरदारी सभामा सहभागी हुनेछ ।

खबरदारी सभा सम्पन्न भएपछि अभियान टोली सुनवर्षी ८ मुस्लिम टोल मेहबुब आलमको घरमा चिया खाने र साँझ ५ बजेसम्ममा धनपालथानको कर्सिया बजारको खबरदारी सभामा सहभागी हुने कार्यक्रम छ । त्यसपछि ६ बजेसम्म सानातिना भेटघाट, साँझ ७ बजे धनपालथान–५ दादरबुैरियामा तय गरिएको बासस्थानमा पुग्ने कार्यक्रम छ । यस्तै १४ गते बिहान सोही स्थानमा मर्निङवाक गर्दै बिहान ८ बजे विराटनगर आउने कार्यक्रम छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत