जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । यही १८ फागुन आइतबारदेखि ललितपुरको भोलढोकास्थित ज्यापु प्रज्ञा भवनमा बस्ने गरी बैठक बोलाइएको हो । बैठक फागुन २० सम्म चल्ने जनाइएको छ ।
बैठकमा भदौदेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ । त्यस्तै गरी केन्द्रीय अभियन्ताहरूले आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
बैठकमा समसामयिक राजनीतिक गतिविधि, सांगठनिक कार्ययोजना तथा भावी रणनीतिका विषयमा पनि छलफल हुने बताइएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ