बुधबार, फाल्गुन ६, २०८२

पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क शिविर सुरु


गणेश विक


काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपलिकाले महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सर रोगको जोखिम न्यूनीकरणका लागि शिविर सुरु गरेको छ ।

शिविरमा महिलाहरुको पाठेघर झरेको, पिसाब चुहिने समस्या, लगायत जाँच गरिनेछ । शिविरको सोमबार वडा नम्बर ९ बाट सुरुवात गरिएको छ । शिविर नगरका विभिन्न ४ स्थानमा हुने नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख ईश्वरी प्रसाद न्यौपानेले जानकारी दिए । उनका अनुसार शिविर सोमबार वडा नम्बर ९, मंगलबार वडा नम्बर ३ को खजहना, बुधबार वडा नम्बर १ को बेलहिया र बिहीबार वडा नम्बर ११ को भुजौलीमा हुनेछ । सबै शिविरहरु वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सञ्चालन हुनेछ ।

वडास्तरमा शिविर सञ्चालन गरिए पनि आफुलाई पायक पर्ने स्थानमा गएर महिलाहरुले पाठेघर सम्वन्धी निःशुल्क स्वास्थ्य जाँच गराउन सक्ने व्यवस्था मिलाइएको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले जानकारी दिइन् । महिलाहरुमा देखिने पाठेघर सम्बन्धी यो समस्यालाई समयमै पत्ता लगाई उपचार गरी निको पार्ने र समस्या नै आउन नदिने उद्देश्यले नगरपालिकाले वर्षेनी शिविर सञ्चालन गर्दै आएको उनले उपप्रमुख अधिकारीले बताइन् ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले नेपालमा महिलाहरूमा हुने क्यान्सरहरूमध्ये पाठेघरको मुखको क्यान्सर महिलाको मृत्यु हुनेमा पहिलो कारण रहेको उल्लेख गरे । उनले समयमै पहिचान गरी उपचार गरेर यो रोग निको पार्ने उद्देश्यले नगरपालिकाले निःशुल्क शिविर सञ्चालन गर्दै आएको जानकारी दिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत