बुधबार, फाल्गुन ६, २०८२

आइफाले फिल्म शोलेको विशेष स्क्रिनिङ गर्ने


गणेश विक


काठमाडौँ । अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी (आईफा) को २५औं संस्करणमा रमेश सिप्पीको प्रसिद्ध फिल्म ‘शोले’ को विशेष स्क्रिनिङ आयोजना गरिने भएको छ ।

यस महोत्सवसँगै सिनेमा प्रेमीहरूको पुराना सम्झनाहरू ताजा हुनेछन् । आइफा आयोजकहरूले मार्च ९, आइतबार फिल्मको ५० वर्ष पूरा भएको उपलक्ष्यमा जयपुरको प्रसिद्ध राज मन्दिर सिनेमाघरमा फिल्मको विशेष प्रदर्शन आयोजना गर्ने निर्णय गरेका छन् ।

यस अवसरमा आईआईएफएका सह(संस्थापक आन्द्रे टिमिन्सले उत्साह व्यक्त गर्दै भने, ‘आईआईएफए २०२५ केवल एक उत्सव मात्र होइन ।

यो समयको यात्रा हो, जयपुरको प्रतिष्ठित राज मन्दिरमा ‘शोले’ को ५० वर्षको सम्मान गर्दैछौं । हामी आईआईएफएको रजत जयन्ती पनि मनाइरहेका छौं । यसले सम्झनाहरू र सिनेमाको जादू मनाएर पुस्तादेखि पुस्तासम्मको हृदयलाई छोएको छ ।’

उनले शोले एउटा फिल्मभन्दा बढी भएको बताउदै यो एउटा भावना भएको बताए । उनले भने, ‘शोलेको विरासतलाई सम्मान गर्ने राज मन्दिरभन्दा राम्रो ठाउँ के छ रु पाँच दशकभन्दा बढी समयदेखि चलचित्र प्रेमीहरूका लागि एउटा ऐतिहासिक थिएटर बनेको छ ।’

अमिताभ बच्चन, धर्मेन्द्र र अमजद खान अभिनित शेले फिल्म १९७५ मा रिलिज भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत