काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९ सय रुपैयाँले बढेर १ लाख ७० हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य १ लाख ६९ हजार ५०० रुपैयाँ कायम रहेको थियो ।
यता, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १९ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदीको भाउ प्रतितोला १९ सय ४० रुपैयाँ कायम रहेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ