मङ्लबार, माघ ६, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम शुभारम्भ

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम शुभारम्भ


गणेश विक


काठमाडौँ । नेपाली सैनिक वार कलेज, नगरकोटमा हायर कमाण्ड तथा म्यानेजमेन्ट  तालिम सुरु भएको छ ।

बलाध्यक्ष रथी प्रदीप जंग केसीले एक कार्यक्रमका बिच तालिमको शुभारम्भ गर्दै तालिमले सहभागी अधिकृतहरूको पेसागत क्षमता, ज्ञान र आत्मविश्वासमा अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।  

कुल ३५ जना महासेनानी दर्जाका अधिकृत शिक्षार्थीहरू (महिला-२ र पुरुष-३३) को सहभागिता रहेको यस तालिम सैनिक अधिकृतका लागि नेपालमा सञ्चालन हुने तालिमहरू मध्ये सबैभन्दा उच्चस्तरको तालिम हो ।

वि.सं. २०७१ सालदेखि नेपाली सैनिक वार कलेजमा सञ्चालन हुँदै आएको यस तालिमबाट हालसम्म महिला १३ जनासहित जम्मा ३४० जना अधिकृत प्रशिक्षित भएका छन् ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत