बुधबार, चैत्र २५, २०८२

क्रान्तिकारीले स्ववियु जित्ने कुरा स्वयंसिद्ध तथ्य : उपाध्यक्ष पुन


कान्तिपथ


अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष सन्दिप पुनले अखिल क्रान्तिकारीले स्ववियु निर्वाचन जित्ने पूर्ण अधिकार राख्ने बताएका छन्। उनले विद्यार्थी आन्दोलनको इतिहास, संगठनको संघर्षशील पहिचान र विद्यार्थीहरूबीचको लोकप्रियताले नै अखिल क्रान्तिकारीलाई अग्रस्थानमा पुर्‍याउने विश्वास व्यक्त गरे।

लुम्बिनीमा एक मिडियासंग कुरा गर्दै पुनले भने, “हाम्रो संगठनले सधैं विद्यार्थीहरूको हकहितका लागि संघर्ष गर्दै आएको छ। विद्यार्थी राजनीतिमा क्रान्तिकारी धारको आवश्यकता अझै पनि उत्तिकै छ। यही कारणले गर्दा अखिल क्रान्तिकारीले स्ववियुमा जित हासिल गर्नुपर्छ।”

उनले हालै सम्पन्न स्ववियु निर्वाचनमा विभिन्न विश्वविद्यालयहरूमा अखिल क्रान्तिकारीको प्रभावशाली उपस्थिति देखिएको उल्लेख गरे। उनका अनुसार, संगठनले आगामी दिनमा अझ प्रभावकारी रणनीतिहरू अपनाएर विद्यार्थीहरूको मुद्दा उठाउने प्रतिबद्धता व्यक्त गरेको छ।

पुनले सरकार र विश्वविद्यालय प्रशासनलाई निष्पक्ष निर्वाचन गराउन आग्रह गर्दै भने, “विद्यार्थीहरूले आफ्ना अधिकारलाई स्थापित गर्न स्वतन्त्र रूपमा मतदान गर्ने वातावरण सिर्जना गरिनुपर्छ। कुनै पनि राजनीतिक हस्तक्षेप बिना विद्यार्थीहरूले आफ्ना प्रतिनिधि चयन गर्न पाउनुपर्छ।”

स्ववियुमा २८ वर्ष संगठनमा ३२ वर्ष अखिल क्रान्तिकारीकै एजेन्डा भएको कारण स्ववियु निर्वाचन जित्ने अखिल (क्रान्तिकारी) को जन्मसिद्ध अधिकार भएको उनले बताए ।

स्ववियु निर्वाचन नजिकिँदै गर्दा विभिन्न विद्यार्थी संगठनहरूले आआफ्ना रणनीतिहरू अगाडि बढाइरहेका छन्। यसै सन्दर्भमा अखिल क्रान्तिकारीले विद्यार्थीहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्दै आफ्नो प्रभाव बढाउने प्रयास गरिरहेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत