११५औँ अन्तर्राष्ट्रिय नारी दिवस (मार्च ८) को अवसरमा प्रहरी वृत्त नयाँबानेश्वर, प्रहरी प्रभाग कोटेश्वर, सामुदायिक सेवा तथा विकास समाज र सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वर-३२ को संयुक्त आयोजनामा प्रभात फेरी कार्यक्रम सम्पन्न भएको छ।
सोमबार बिहान आयोजित कार्यक्रम बालकुमारी सुर्यकोटमा रहेको हेब्रोन पब्लिक स्कुलको प्राङ्गणबाट सुरु भई सुर्यकोट, नरेफाँट क्षेत्र हुँदै कोटदेवी मार्ग भएर जडिबुटी एरियासम्म प्रभात फेरी गरिएको हाे।
अन्ततः र्याली नेपाल सेन्टरल हाईस्कुलको प्राङ्गणमा कोणसभामा परिणत भएको थियो।
कोटदेवी विद्यानगर समाज सुधार समितिका अध्यक्ष देव चौलागाईंको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी निरीक्षक धन बहादुर रावलको प्रमुख आतिथ्यता थियो।
यस विशेष कार्यक्रममा सामुदायिक सेवा तथा विकास समाजका महासचिव पदम कुमार रेग्मी, हेब्रोन पब्लिक स्कुलका प्रधानाध्यापक सञ्जीव ढुंगाना, समन्वयकर्ता नवराज मैनाली, नेपाल सेन्टरल हाईस्कुलका प्रधानाध्यापक सुर्य भण्डारी, मनोहरा सिर्जनशील समाजका अध्यक्ष गणेश बस्नेत, अरनिको यातायात प्रा.लि.का पूर्व अध्यक्ष श्याम लामा, नरेफाँट महिला सशक्तिकरण अध्यक्ष रितु उप्रेती, जडिबुटी टोल सुधार समितिका अध्यक्ष मनिता रायमाझी पौडेल तथा विभिन्न टोल सुधार समितिका पदाधिकारी एवं महिला सञ्जालका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।
कोणसभामा नेपाल सेन्टरल हाईस्कुलका प्रधानाध्यापक सुर्य भण्डारी, हेब्रोन पब्लिक स्कुलका प्रधानाध्यापक सञ्जीव ढुंगाना, सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वरका प्रहरी सहायक निरिक्षक तारा खत्री र प्रमुख अतिथि प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी निरीक्षक धन बहादुर रावलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको समापन कोटदेवी विद्यानगर समाज सुधार समितिका अध्यक्ष देव चौलागाईंले शुभकामना मन्तब्यसहित समापन गरेका थिए ।
यस अवसरमा समुदाय–प्रहरी सहकार्यद्वारा महिलाको सशक्तिकरण, सुरक्षा तथा समानताको सन्देश प्रवाह गर्दै सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्य रहेको आयोजक संस्थाहरूले बताएका छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ