दक्षिणकालीमा जारी ‘शहीद मान बहादुर स्मृति कप २०८१’ को फाइनल खेल तथा समापन समारोह फागुन २८ गते बुधबार सम्पन्न हुने भएको छ। शहीद मानबहादुर स्मृति प्रतिष्ठानद्वारा आयोजित उक्त ९ ए साइड फुटबल लिग कम नकआउट प्रतियोगिताको फाइनल खेल वडा नं १ र वडा नं ८ टिमबीच हुने आयोजक समितिले जनाएको छ।
प्रतियोगिताको फाइनल खेल फर्पिङ खेल मैदानमा दिउँसो १२:३० बजेबाट सुरु हुनेछ। आयोजक समितिले खेलाडीहरूको हौसला बढाउन तथा कार्यक्रमको शोभा बढाउन सम्पूर्ण खेलप्रेमी तथा स्थानीयवासीलाई उपस्थितिका लागि निमन्त्रणा गरेको छ।
समापन समारोहमा खेलाडीहरूलाई सम्मान समेत गरिने शहीद मानबहादुर स्मृति प्रतिष्ठानका अध्यक्ष संजय लामाले बताए। उत्त फाइनल खेल हेर्न राष्ट्रिय महिला खेलाडि प्रिति राईको पनि उपस्थिति रहेन बताइएको छ।






देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ