नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले भक्तपुर बहुमुखी क्याम्पसमा उम्मेदवारको टुंगो लगाएको छ ।
क्रान्तिकारीबाट भक्तपुर बहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा आकाश गजुरेल, सचिवमा दिलमाया योञ्जन र कोषाध्यक्षमा सुप्रिम घिमिरेको मनोनयन दर्ता भएको केन्द्रिय उपाध्यक्ष तथा उक्त क्याम्पसका स्ववियु कमान्डर बिराज थापाले बताए ।
क्याम्पसमा आगामी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लक्षित गरी अखिल (क्रान्तिकारी) ले व्यापक तयारी गरिरहेको छ। संगठनले विद्यार्थीहरूको हितमा बलियो नीति ल्याउँदै स्ववियुमा विजय हासिल गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।
अखिल (क्रान्तिकारी) ले विद्यार्थी मुद्दाहरूमाथि केन्द्रित अन्तरक्रिया, जनपरिचालन र प्रचार अभियानलाई तीव्र पार्ने तयारी गरेको छ। संगठनका नेताहरूले क्याम्पसलाई शैक्षिक सुधार, पारदर्शी प्रशासन र भ्रष्टाचारमुक्त बनाउन विशेष ध्यान दिने बताएका छन्।
संगठनका विद्यार्थी नेताहरूका अनुसार प्रचण्ड नेतृत्वको सरकारद्वारा अघि बढाइएको सुशासन अभियानलाई क्याम्पसमा पनि निरन्तरता दिने उद्देश्यले विभिन्न सुधारात्मक कार्यक्रम ल्याइनेछ। विद्यार्थीहरूको हक-अधिकार सुनिश्चित गर्दै गुणस्तरीय शिक्षाको प्रत्याभूति गर्ने प्रतिबद्धता समेत संगठनले जनाएको छ।
स्ववियु निर्वाचन नजिकिँदै गर्दा अन्य संगठनहरू पनि आ-आफ्नो तयारीमा जुटेका छन्। अखिल (क्रान्तिकारी) ले विद्यार्थीहरूमाझ लोकप्रिय मुद्दा उठाउँदै संस्थागत विकृति विरुद्ध संघर्ष गर्ने प्रतिज्ञा गरेको छ। संगठनले विद्यार्थीहरूको व्यापक समर्थन प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ