सोमवार, चैत्र २३, २०८२

प्रचण्ड आज रुपन्देहीमा ब्यस्त


कान्तिपथ


नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुपन्देहीमा आउने भएका छन्। दिनभर विभिन्न कार्यक्रममा सहभागिता जनाउने अध्यक्ष प्रचण्डले ऐतिहासिक तथा धार्मिक स्थलको शिलान्यासदेखि खेलकुद प्रतियोगिता समापनसम्मका कार्यक्रमहरूमा भाग हुनेछन्।

अध्यक्ष प्रचण्डको कार्यतालिका अनुसार फागुन २८ गते बिहान ११ बजे रुपन्देही जिल्लाको ओमसतिया–६ मा अवस्थित रामजानकी जमुहानी पोखरा ताल पार्कको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। यो धार्मिक तथा ऐतिहासिक महत्वको पार्क निर्माणले पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

त्यसपछि अध्यक्ष प्रचण्ड बुटवल उपमहानगरपालिकाको समन्वयमा ज्योतिनगर पहिरो क्षेत्रको निरीक्षण गर्नेछन्। दिउँसो बुटवल ट्राफिक चोकमा आयोजना हुने मगर मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नेछन्।

त्यसपछि रुपन्देहीका कार्यक्रमको अन्तिम कार्यक्रमअन्तर्गत अध्यक्ष प्रचण्डले सैनामैनामा चलिरहेको सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित रहनेछन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत