शनिबार, बैशाख १३, २०८२

पीएम कपमा आज दुई खेल हुदै


गणेश विक


काठमाडौँ । जारी पीएम कपमा आज दुई खेल हुदै छन् ।

आज नेपाल मधेश प्रदेश र नेपाल पुलिस क्लबबीच खेल हुदै छ ।

देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ ।

जारी प्रतियोगितामा नेपाल पुलिस क्लबले ३ खेलमा तिनै खेल जितेर ६ अंक हासिल गरेको छ भने मधेस प्रदेशले खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

त्यस्तै आज अर्को खेल त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशबीच हुदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ ।

जारी प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले तिनै खेलमा जित हासिल गरेर शिर्ष स्थानमा रहेको छ भने कोशी प्रदेशले आफ्ना तिनै खेलमा हार बेहोरेर पुछारमा रहेको छ । 
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत