शनिबार, बैशाख १३, २०८२

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा वाग्ले


कान्तिपथ


काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा डा अच्युत वाग्ले नियुक्त भएका छन्। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले वाग्लेलाई नियुक्त गरेका हुन्।

गत माघ ४ गते उपकुलपति भोला थापाको कार्यकाल सकिएपछि वाग्ले निमित्त उपकुलपतिको जिम्मेवारीमा थिए।

यसअघि उनी विश्वविद्यालयको रजिस्ट्रार थिए। २०७९ असोज २ गते उनलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले रजिस्ट्रार नियुक्त गरेका थिए।

विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि पूर्वउपकुलपति सुरेशराज शर्माको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो। समितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा अर्जुन कार्की र पूर्वसचिव जर्नादन नेपाल सदस्य थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत