सोमवार, बैशाख ९, २०८२

शाहरूख खानले पुष्पाः निर्देशक सुकुमारसँग फिल्म बनाउँदै


गणेश विक


काठमाडौं, ६ चैत  । भारतीय सिनेमा अहिले साँच्चै पैन इन्डिया बन्दै गएको छ। हिजोआज बलिउड र साउथका कलाकार–निर्देशकहरु सँगै काम गर्न निकै जोड दिइरहेका छन् । 

जस्तो कि शाहरुख खानले एट्लीसँग ब्लकबस्टर ‘जवान’ बनाएका थिए भने सलमान खान एआर मुरुगादासको निर्देशनमा इदको अवसरमा ‘सिकंदर’ ल्याउँदै छन् । साथै, अक्षय कुमार पनि ‘कनप्पा’ मा भगवान शिवको अवतारमा देखिनेछन् ।

यसैबिच, अब अर्को ठूलो खबर आएको छ । शाहरुख खान चाँडै ‘पुष्पा’ फेम निर्देशक सुकुमारको एक्सन फिल्म साइन गर्न लागिरहेका छन् । बलिउडका ‘किंग’ भनेर चिनिने शाहरुख खानले यस अघि मणिरत्नम र एट्लीसँग काम गरिसकेका छन् । यस्तो अवस्थामा दक्षिण भारतीय निर्देशकसँग उनको यो तेस्रो जोडी हुनेछ । उनको ‘पुष्पा’ फ्रेन्चाइजका सुकुमारसँग कुराकानी भइरहेको बताइएको छ । 

‘मिड डे’ को रिपोर्टका अनुसार यस फिल्ममा शाहरुख खान एन्टी हिरोको भूमिकामा देखिनेछन् । जुन एक गाउँको राजनीतिमा एक्सन ड्रामा फिल्म बन्ने भएको छ । यो गाउँको राजनीतिमा आधारित एक्सन ड्रामा फिल्म हुने रिपोर्टमा उल्लेख गरिएको छ । फिल्ममा शाहरुख खानलाई कच्चा, देहाती र देसी अवतारमा देखाइनेछ, जुन उनको ग्लोबल स्टारडम र चम्किलो छविभन्दा एकदमै फरक हुनेछ। चलचित्रले ग्रामीण क्षेत्रमा केही वर्ग माथि हुने जातीय उत्पीडन जस्ता सामाजिक समस्यालाई उजागर गर्नेछ । 

अब फ्यानहरुको उत्साह उत्कर्षमा पुग्नु अघि नै हामी तपाईलाई यो पनि बताउछौं कि यो परियोजनाको लागि लामो समय पर्खनु पर्ने हुन्छ किनभने शाहरुख खान र सुकुमार दुवै अहिले अन्य आफ्नै प्रोजेक्टमा व्यस्त रहेका छन् । सुकुमारसँग रामचरणसँगको ‘आरसी १७’, ‘पुष्पा ३ः द र्याम्पेज’ पाइप लाइनमा छन् भने उता शाहरुख पनि  ‘किंग’ र ‘पठान २’ मा काम गरिरहेका छन । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत