आइतवार, बैशाख ८, २०८२
  • गृहपृष्‍ठ
  • खेलकुद
  • च्याम्पियन्स ट्रफी जित्ने भारतीय क्रिकेट टिमलाई बोर्डले दियो ५८ करोड पुरस्कार

च्याम्पियन्स ट्रफी जित्ने भारतीय क्रिकेट टिमलाई बोर्डले दियो ५८ करोड पुरस्कार


गणेश विक


काठमाडौँ । भारतीय क्रिकेट नियन्त्रण बोर्डले आईसीसी च्याम्पियन्स ट्रफी जित्ने भारतीय टोलीलाई नगद पुरस्कारको घोषणा गरेको छ ।

बीसीसीआईले जारी गरेको विज्ञप्ति अनुसार भारतीय टोलीलाई बीसीसीआईले ५८ करोड भारु नगद पुरस्कार दिने घोषणा गरेको हो ।

बोर्डले आर्थिक पुरस्कारले खेलाडीहरू, प्रशिक्षक र सहयोगी कर्मचारीहरू र पुरुष छनोट समितिका सदस्यहरूलाई सम्मान गर्ने उल्लेख गरेको छ ।

आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा भारतीय टोलीले न्युजिल्याण्डलाई चार विकेटले हराउँदै उपाधि जितेको थियो ।

बीसीसीआईका अध्यक्ष रोजर बिन्नीले भने, ‘लगातार दुई आईसीसी उपाधि जित्नु जत्तिको विशेष केही छैन र यो पुरस्कारले विश्व मञ्चमा टोली भारतको समर्पण र उत्कृष्टतालाई सम्मान गरेको छ । नगद पुरस्कार भनेको मैदान बाहिर सबैले गर्ने कडा परिश्रमको फल पनि हो ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत