काठमाडौँको पद्मकन्या क्याम्पस (पीके)को स्ववियुमा स्वतन्त्रको प्यानल नै विजयी भएको छ। नेविसंघले टिकट नदिएपछि बागी उम्मेदवार बनेकी भूपेश्वरी ऐर नेतृत्वको प्यानल नै पीकेको स्ववियुमा विजयी भएको हो।
अध्यक्षामा ऐरले ७ सय ३० मत पाउँदा नेविसंघकी आधिकारिक उम्मेदवार पूर्णिमा परियारले ३७९ मत मात्रै प्राप्त गरेकी छन्। अध्यक्षमा विजयी हुने ऐर पीके स्ववियुको निवर्तमान सचिव समेत हुन्।
उनी कांग्रेसमा महामन्त्री गगन थापा निकट मानिन्छिन्। २०७९ मा भएको स्ववियु चुनावमा उनी सचिवमा विजयी भएकी थिइन्।
ऐरकै स्वतन्त्र समूहबाट सचिवमा सन्ध्या बस्याल, कोषाध्यक्षमा संकल्पिका थापा लगायत विजयी भएका छन्।
हेर्नुहोस् विजयी हुने सबैको सूची:

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ