आइतवार, बैशाख ८, २०८२

कांग्रेसीको कलहले त्रिविमा अन्योल : चुनाव स्थगित


कान्तिपथ


त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरको स्ववियु निर्वाचन स्थगित भएको छ। अदालतमा मुद्दा चलिरहेको हुँदा स्ववियु चुनाव स्थगित गरिएको विश्वविद्यालय क्याम्पसले जनाएको छ।

विश्वविद्यालय क्याम्पसमा भोलि (चैत ८ गते) का लागि स्ववियु निर्वाचन तोकिएको थियो। स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघको तर्फबाट दीपकराज जोशी र अनोज कार्कीको उम्मेदवारी परेको थियो। तर, निर्वाचन समितिले कार्कीको उम्मेदवारी रद्द गर्दै जोशीलाई नेविसंघको आधिकारिक उम्मेदवार मानेको थियो।

समितिको उक्त निर्णयविरुद्ध विष्णुबहादुर बडैलालगायतले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। अदालतले अन्तरिम आदेशका लागि चैत १० गतेको समय तोकेकोले उक्त मुद्दा टुंगो नलागेसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको त्रिविले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत