शनिबार, बैशाख १३, २०८२

आजबाट प्रथम पानी सम्मेलन हुदैँ


कान्तिपथ


काठमाडौं । आजवाट प्रथम राष्ट्रिय पानी सम्मेलन–२०२५ आयोजना हुदैँछ ।

 जल तथा ऊर्जा आयोगका अनुसार उक्त पानी सम्मेलन चैत्र ९ र १० गते दुई दिनसम्म सञ्चालन हुनेछ ।
जल तथा ऊर्जा आयोगको सचिवालयका प्रवक्ता कलानिधि पौड्यालका अनुसार नेपालले जलस्रोतको दीगो व्यवस्थापन र विकासलाई सुनिश्चित गर्नुपर्नेमा सो सम्मेलनमार्फत जोड गरिनेछ ।

जलवायु परिवर्तनका असरलाई न्युनिकरण गर्दै जलस्रोतको उपभोगका लागि स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्नुपर्नेमा सो सम्मेलनको जोड रहनेछ ।

पानीको बहुउपयोगबाट देशको आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पुग्ने भएकाले पानीको महत्वका बारेमा सम्बन्धित विज्ञहरुसँग छलफल गर्न सम्मेलन गर्न लागिएको उनले जानकारी दिए ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत