बिहिबार, बैशाख ११, २०८२

प्रधानमन्त्री कपमा आज को-को भिड्दै ?


कान्तिपथ


प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार तीन खेल हुँदैछन्। आइतबार लुम्बिनी प्रदेश र आर्मी, एपिएफ र गण्डकी प्रदेश, कोशी र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्दैछन्। तीन वटै खेल बिहान ९ बजे सुरु हुने छन्।

आर्मी र लुम्बिनीको खेल सिद्धार्थनगर क्रिकेट स्टेडियममा हुँदैछ भने एपिएफ र गण्डकीको खेल ओभर क्रिकेट मैदानमा हुँदैछ। कोशी र सुदूरपश्चिम प्रदेशको खेल देउखुरी क्रिकेट मैदानमा हुनेछ।

सात खेलमा एक खेल गुमाएको आर्मी १२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने सातमा तीन खेल गुमाएको लुम्बिनीको आठ अंक छ। ६ खेल मात्र खेलेको एपिएफले दुई खेल गुमाएर आठ अंक जोडेको छ। एपिएफ तालिकाको तेस्रो स्थानमा छ।

सात खेलमा एउटा मात्र जित निकालेको कोशी प्रदेश तालिकाको पुछारमा छ भने सातमा दुई खेल मात्र जितेको सुदूरपश्चिम चार अंकसहित सातौं स्थानमा छ।

नेपाल पुलिस क्लब अपराजित रहँदै सात खेलमा १४ अंक जोडेर शीर्ष स्थानमा छ भने सातमा चार खेले जितेको कर्णालीले आठ अंक बनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत