बिहिबार, बैशाख ११, २०८२
  • गृहपृष्‍ठ
  • खेलकुद
  • रोनाल्डो पेनाल्टीमा चुके पनि पोर्चुगल नेसन्स लिगको सेमिफाइनलमा प्रवेश

रोनाल्डो पेनाल्टीमा चुके पनि पोर्चुगल नेसन्स लिगको सेमिफाइनलमा प्रवेश


कान्तिपथ


डेनमार्कलाई समग्रमा ५–३ ले पराजित गर्दै पोर्चुगल आइतबार युईएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। पोर्चुगलले आयोजक जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो लेगमा १–० ले पछि परेको भए पनि पोर्चुगलले दोस्रो लेगमा डेनमार्कमाथि उत्कृष्ट पुनरागमन गर्‍यो।

क्रिस्टियानो रोनाल्डोले खेलको सुरुआतमै पेनाल्टी मिस गरेका थिए। तर, पछि उनले महत्त्वपूर्ण गोल गरे। त्यसपछि फ्रान्सिस्को ट्रिन्काओको दुई गोलले प्रशिक्षक रोबर्टो मार्टिनेजको टोलीलाई सेमिफाइनलमा पुर्‍यायो।

डेनमार्कका गोलकिपर कास्पर श्माइकलले खेलको छैटौं मिनेटमा रोनाल्डोको ढिलो सुस्त चालमा गरिएको पेनाल्टी प्रहार सजिलै रोक्दै बललाई आफ्नो नियन्त्रणमा लिएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत