सोमवार, बैशाख ९, २०८२

पहिलो खेलमै चम्कियो सनराइजर्सले : बनायो २८६ रन


कान्तिपथ


इन्डियन प्रिमियर लिग (आइपीएल) मा सनराइजर्स हैदराबादले २८६ रनको विशाल स्कोर खडा गरेको छ । आइपीएल इतिहासमै सबैभन्दा ठूलो स्कोर बनाउनबाट सनराइजर्स दुई रनले चुक्यो ।

तेस्रो नम्बरमा आएका इसान किशनले विष्फोटक सतक बनाएपछि सनराइजर्सलाई अहिलेसम्मको दोस्रो ठूलो स्कोरमा पुर्याएका हुन् । आइपीएलमा सर्वाधिक रनको रेकर्ड सनराइजर्सकै नाममा छ । अघिल्लो संस्करणमा सो टिमले २८७ रन जोडेको थियो ।

आज उक्त रेकर्ड ब्रेक गर्ने मौका सनराइजर्ससँग अन्तिम बलसम्म थियो । अन्तिम बलमा इसान किसानले छक्का हानेको भए नयाँ किर्तिमान बन्थ्यो । उनले चौका हान्दै दोस्रो ठूलो स्कोरमा पुर्याए । आइपीएलमा इसानको यो पहिलो सतक हो । इसानले ६ छक्का र ११ चौका प्रहार गरेका थिए ।

सनराइजर्सका ओपनर जोडी अभिषेक शर्मा र ट्राभिस हेडले विष्फोटक सुरुवात गरेका थिए । उनीहरुले ३.१ ओभरमा ४५ रन बनाए । अभिषेक ११ बलमा २४ रन बनाएर आउट भए । त्यसपछि हेड र इसानबीच ८५ रनको उत्तिकै आक्रामक साझेदारी भयो । हेडले ३१ बलमा ३ छक्का र ९ चौकासहित ६७ रन बनाएर आउट भए ।

यस्तै नितिशकुमार रेड्डीले १५ बलमा ३० रन र हेनरिच क्लासेनले १४ बलमा ३४ रन बनाए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत