सोमवार, कार्तिक २४, २०८२

काठमाडौंमा ३५ सय प्रहरी परिचालन


गणेश विक


काठमाडौं । काठमाडौंमा आज राजावादी र समाजवादी मोर्चा दुवैले एकैसाथ प्रदर्शन गर्दैछन् ।

 नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समिति र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा खडा भएको समाजवादी मोर्चाले एकै साथ प्रदर्शन गर्न लागेका हुन् ।

 सुबेदी नेतृत्वको समितिले व्यवसायी दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको कमाण्डर बनाउँदै काठमाडौंमा प्रदर्शन गर्न लागेको हो भने प्रचण्ड नेतृत्वको समाजवादी मोर्चाले पनि तीन ठाउँवाट प्रदर्शन गर्ने जनाइसकेको छ ।

 राजावादीहरूले तीनकुनेमा प्रर्दशर्न गर्ने र समाजवादी माेर्चाले भने भृकुटीमण्डपलाइ केन्द्र बनाएका छन् ।

 जसका कारण प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा ३५ सय प्रहरी खटाउने गरी उपत्यका प्रहरी कार्यालयले याेजना बनाएकाे जनाइएकाे छ भने  सुरक्षा कमाण्ड जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले गर्ने भएका छन् ।

 साथै,  प्रदर्शन स्थलमा भनेएसपी अपिल बोहराले खटाउने गरी सुरक्षा ब्यवस्था गरिएकाे छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत