अतिरिक्त समयमा एन्टोनियो रुडिगरले गोल गरेपछि रियल सोसिडाडलाई हराउँदै रियल मड्रिड कोपा डेल रे को फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको सेमिफाइनलमा रियल सोसिडाडसँग ४–४ को बराबरीमा रोकिएपनि समग्रमा ५–४ को जित निकाल्दै रियल कोपा डेल रे को फाइनलमा पुगेको हो।
सेमिफाइनलको पहिलो लेगमा मड्रिडले सोसिडाडलाई १–० गोल अन्तरले हराएको थियो। सेमिफाइनलको दोस्रो लेगमा आज राति बार्सिलोना र एथलेटिको मड्रिड भिड्नेछन्। सेमिफाइनलको पहिलो लेगमा बार्सा र एथलेटिकोले ४–४ को बराबरी गरेका थिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ