आइतवार, बैशाख ८, २०८२

भोलिदेखि सपुतको ‘बसन्त’ प्रदर्शन हुँदै


कान्तिपथ


चैत २२ गतेदेखि प्रदर्शन हुने ‘वसन्त’को अग्रिम टिकट बुकिङ खुला गरिएको छ। सिनेमाका सार्वजनिक प्रचार सामग्रीले दर्शकमाझ उच्च हाइप निर्माण गरेकाले मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले यो सिनेमालाई उच्च ‘सो’ दिएका हुन्।

नेपाल र विदेशमा एक साथ रिलिज हुने सिनेमा ‘वसन्त’मा प्रकाससहित स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय छ।

गलबन्दी प्रोडक्सनको प्रस्तुतिमा सोसल ड्रामा सिनेमाका कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् भने फिल्म सुसन प्रजापतिले खिचेका हुन्।

सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ छन्। गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौँ र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत