शनिबार, मंसिर २७, २०८२

भैरहवा जेलको ब्लक नम्बर ४, जहाँ हुनेछन् रबि एक्लै


गणेश विक


भैरहवा । रबि लामिछाने अन्ततः कारागार चलान भएका छन् ।

जिल्ला प्रहरी कार्यालयले अदालति प्रकिया पुरा गरे पछि उनी पुर्पक्षका लागि जेल चलान भएका हुन ।

अब कम्तिमा मुद्दा नटुंगिएसम्म उनी भैरहवास्थित जेलको ब्लक नम्बर ४ मा रहनेछन्, जहाँ उनी एक्लै जस्तै हुनेछन् ।

जिल्ला कारागारका प्रशासक सुरेश भण्डारीका अनुसार ब्लक नम्बर ४ मा छिर्नु अघि कम्तिमा १ घण्टासम्म लामिछानेको स्वास्थ्य परीक्षण पूरा गरिएको थियो भने त्यसपछि मात्रै लामिछानेलाई कारागारको ब्लक नम्बर ४ मा राखिएको हो ।

‘उहाँको स्वास्थ्य अवस्था नर्मल नै देखिएको छ,’ उनले भने, ‘त्यसपछि उहाँलाई अहिले ब्लक नम्बर ४ मा राखेका छौं, अहिले उक्त ब्लकमा उहाँमात्रै थुनुवाको रूपमा रहनु हुनेछ।’ उनका अनुसार लामिछानेलाई राखिएको कक्ष कारागार भवनभन्दा बाहिर रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत