काठमाडौँ । आज विभिन्न सञ्चार माध्यमहरूमा ‘दुर्गा प्रसाई पक्राउ’ शीर्षकमा आएका समाचारहरूप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेश कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा, विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाई अझै पक्राउ नपरेको स्पष्ट गरिएको छ।
विज्ञप्तिमा उल्लेख गरिएको छ, “दुर्गा प्रसाई नेपाल प्रहरीको खोजी सूचीमा रहेका व्यक्ति हुन् र हालसम्म उहाँ पक्राउ परेका छैनन्।” साथै, भ्रम सिर्जना गर्ने गरी गलत समाचार प्रकाशन तथा प्रशारण नगर्न सबै सञ्चार माध्यमहरूलाई आग्रह गरिएको छ।
प्रहरी प्रवक्ता आचार्यले यस्ता भ्रामक समाचारहरूले अनुसन्धान र प्रहरी कारबाहीमा असर पार्न सक्ने भन्दै जिम्मेवार पत्रकारिताको अभ्यास गर्न अपिल गरेका छन्।
केही अनलाइन पोर्टल तथा सामाजिक सञ्जालमा ‘दुर्गा प्रसाई पक्राउ’ भन्ने हेडलाइनसहितका सामग्रीहरू सार्वजनिक भएका थिए, जसले सर्वसाधारणमा भ्रम फैलाएको थियो।
नेपाल प्रहरीले घटनाबारे यथार्थ जानकारी लिन अधिकृत स्रोतहरूसँग मात्र सम्पर्क गर्न अनुरोध गरेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ