बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • “भाइरल हुने नाममा जे पनि बोल्ने प्रवृत्ति पार्टीका लागि घातक” : कांग्रेस नेतृ डा. राणा

“भाइरल हुने नाममा जे पनि बोल्ने प्रवृत्ति पार्टीका लागि घातक” : कांग्रेस नेतृ डा. राणा


कान्तिपथ


काठमाडौं । परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले पछिल्लो समय पार्टीभित्र भाइरल हुने नाममा जे पनि बोल्ने र एकअर्कालाई दोषारोपण गर्ने प्रवृत्ति बढेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छिन् ।

उनले यस्तो व्यवहारले पार्टी अनुशासन कमजोर पार्ने मात्र नभई नेपाली समाजमै अराजकता फैलाउने खतरा रहेको बताइ। “सोसल मिडियामा देखिएको अराजकतालाई समयमै नियन्त्रण गर्न नसके यो सिंगो नेपाली समाजकै महारोग बन्न सक्छ,” डा. राणाले चेतावनी दिएकाे हाे।

उनले पार्टीभित्र अनुशासन, संयमता र जिम्मेवार अभिव्यक्तिको अभ्यास आवश्यक रहेको भन्दै नेताकार्यकर्ताहरुलाई आत्ममूल्यांकन गर्न आग्रह गरिन्। साथै, पार्टी नेतृत्वले पनि यस्ता प्रवृत्तिलाई समयमै रोक्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

डा. राणाको यो अभिव्यक्तिलाई विश्लेषकहरूले कांग्रेसभित्र पछिल्ला दिनमा देखिएको असन्तोष र सामाजिक सञ्जालमार्फत व्यक्त हुने टिप्पणीहरूप्रति लक्षित चेतावनीका रूपमा बुझेका छन्।

यसैबीच, उनको भनाइप्रति पार्टीभित्र मिश्रित प्रतिक्रिया देखिएको छ।

प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले सोसल मिडियामा एक पाेष्ट मार्फत उक्त कुराकाे जानकारी दिएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत