बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • रास्वपाले तोक्यो ७ वटै प्रदेशका लागि इन्चार्ज, को–को भए त ? (नामावलीसहित)

रास्वपाले तोक्यो ७ वटै प्रदेशका लागि इन्चार्ज, को–को भए त ? (नामावलीसहित)


कान्तिपथ


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो फागुनमा हुने महाधिवेशनको तयारीस्वरूप सातै प्रदेशका लागि इन्चार्जहरूको नियुक्ति गरेको छ।

पार्टीको बनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले सर्वसम्मत निर्णय गर्दै सातै प्रदेशमा इन्चार्ज तोकेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।

उनका अनुसार प्रदेश इन्चार्जहरू यसप्रकार रहेका छन्ः

  • कोशी प्रदेश : सन्तोष परियार
  • मधेस प्रदेश : मनीष झा
  • बागमती प्रदेश : लीमा अधिकारी
  • गण्डकी प्रदेश : शिशिर खनाल
  • लुम्बिनी प्रदेश : विपिनकुमार आचार्य
  • कर्णाली प्रदेश : गणेश पराजुली
  • सुदूरपश्चिम प्रदेश : हरि ढकाल

पार्टीले महाधिवेशनसम्म संगठन सुदृढ पार्न र स्थानीयस्तरसम्म पार्टीको संरचना विस्तार गर्न इन्चार्जहरूको जिम्मेवारी निर्धारण गरेको जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत