बुधबार, फाल्गुन ६, २०८२

यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर


कान्तिपथ


काठमाडौ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम गरिएको छ ।
  
आज यूरोपियन युरो एकको खरिदमूल्य १५४ रूपैयाँ ९३ पैसा र बिक्रीमूल्य १५५ रूपैयाँ ६१ पैसा तोकिएको छ ।    

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १८० रूपैयाँ ४० पैसा र बिक्रीदर १८१ रूपैयाँ १९ कायम गरिएको छ । 

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ७२ पैसा र बिक्रीदर ८७ रूपैयाँ १० पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ १५ पैसा र बिक्रीमा ९८ रूपैयाँ ५८ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ५६ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ६१ पैसा रहेको छ ।

चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६७ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६२ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६६ पैसा कायम गरेको जनाइएको छ । 

यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ३९ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ५६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३२ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार ३० रूपैयाँ ९२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ०६ पैसा कायम गरेको छ । 

साथै, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ५८ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ५४ पैसा र बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ६० पैसा र बिक्रीदर ३६३ रूपैयाँ १९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत