रौतहट । रौतहटको कटहरिया नगरपालिका–५ स्थित धनलक्ष्मी प्राविमा ४ कोठे भवन निर्माण सुरु भएको छ।
विद्यालयमा विद्यार्थीको चाँप बढ्दै गएपछी मेयर अजयप्रकाश जैसवालको पहलमा ४ कोठे भवन निर्माण हुन लागेको हो। जैसवालले विधिवत रूपमा ब्राम्हणद्वारा मन्त्रोच्चारण पश्चात बुधवार एक समारोहका बिच भवनको शिलान्यास गरेका थिए।
शिलान्यास लगत्तै भवन निर्माण कार्य सुरु भएको धनलक्ष्मी प्राविका व्यवस्थापन समितिका अध्यक्ष दिनानाथप्रसाद कलवारले बताएका छन्। शिलान्यास समारोहमा नगर शिक्षा संयोजक अनिल निधि, सह संयोजक सुरेन्द्र ठाकुर, विद्यालयका प्रधानाध्यापक राकेश कुमर साह,वडा सदस्य नागेन्द्र यादव, व्यवस्थापन समिति सदस्य राजु साह कानु, जनप्रतिनिधि , शिक्षक, शिक्षिका लगायतको उपस्थित रहेको थियो।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत कुल १८ लाख रुपैयाँको लगतमा ४ कोठे भवन निर्माण हुन लागेको व्यवस्थापन समितिका अध्यक्ष कलवारले न्युज कारखानालाई जानकारी दिएका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ