आइतवार, माघ ४, २०८२

५२ संवैधानिक नियुक्ति विवादमा सर्वोच्चमा सुनुवाइ जारी


कान्तिपथ


काठमाडौं । संबैधानिक निकायका ५२ नियुक्तिका बारेमा सर्वोच्च अदालतमा सुनवाइ जारी रहेको छ।

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासमा सुनुवाइ जारी रहेको हो । 

प्रधानन्यायाधीश  राउतसहित न्यायाधीशहरू सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सुनुवाइ भइरहेको जनाइएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्यालसहितले दायर गरेको १५ थान रिटमाथि बल्ल गत  माघदेखि नियमित सुनुवाइ भएको हो ।

गत बुधबार चौथो दिन सुनुवाइ भएको थियो । सामान्यतया बुधबार र शुक्रबार मात्रै पूर्ण इजलास तोकिने गरेको प्रधानन्यायाधीशकै अग्रसरतामा यो मुद्दामा प्राथमिकता तोकिएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत