काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा गोरखा जिल्लाको सांगीतिक र सांस्कृतिक पहिचानलाई समेट्दै नयाँ पञ्चेबाजाको मौलिक गीत “यति बेला दरौदी खोला” सार्वजनिक गरिएको छ। गीत हरिराम परियारको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
गीतमा हरिराम परियार र रेजिना परियारको स्वर सुन्न सकिन्छ। हरिराम परियारकै संगीतमा तयार गरिएको गीतमा शब्द भने रविन लामिछानेले लेखेका हुन्। गीतको निर्देशन दिप कोके गुरुङले गरेका छन्।
गोरखा क्षेत्रको प्राकृतिक सौन्दर्य र सांस्कृतिक रीतिरिवाजलाई प्रस्तुत गर्ने यस गीतको म्युजिक भिडियोमा सुमन परियार र संचिता बोलखेको अभिनय देख्न सकिन्छ। मौलिक पञ्चे बाजाको तालमा आधारित गीतले गोरखाली संस्कृति, परम्परा र भूगोललाई समेट्ने प्रयास गरिएको छ।
“गोरखाको दरौदी खोला, हरियाली डाँडाकाँडा र सांस्कृतिक सम्पदाको गर्विलो पहिचानलाई गीतमार्फत जनमानसमा पुर्याउने उद्देश्यले यो सिर्जना गरिएको हो,” गायक हरिराम परियारले बताए। गीत सार्वजनिक भएसँगै छोटो समयमै दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।
भिडियो हेर्न तलको लिंक किलक गर्नुहोला।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ