बुधबार, फाल्गुन ६, २०८२

आइपीएलः दिल्लीले लखनउलाई ८ विकेटले हरायो


कान्तिपथ


काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सविरुद्ध ८ विकेटको फराकिलो जीत निकालेको छ । मंगलबार भारत रत्न श्री अटल बिहार भाजपाइ एकान क्रिकेट मैदानमा घरेलु टोली लखनउले प्रस्तुत गरेको १६० रनको लक्ष्य दिल्लीले १७.५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको हो ।

दिल्लीका लागि राहुलले ४२ बलमा समान तीन चौका र छक्काको मद्दतले अविजित ५७ रनको योगदान गरेका थिए भने पोरेलले ३६ बलमा पाँच चौका र एक छक्कासहित ५१, कप्तान अक्षर पटेलले अविजित ३४ र करुण नायरले १५ रन बनाउन सफल भएका थिए । लखनउका लागि दुवै विकेट भने एडेन मार्करमले लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रनको योगफल तयार पारेको थियो।

लखनउका लागि मार्करमले ३३ बलमा तीन छक्का र दुई चौकाको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी मिचेल मार्शले ४५, आयुश बदोनीले ३६ र डेविड मिलरले अविजित १४ रन बनाए । दिल्लीका लागि मुकेश कुमारले चार तथा मिचेल स्टार्च र दुस्मन्थ चमिराले समान एक विकेट लिए । यो जितसँगै आठ खेलबाट १२ अंक जोडेको दिल्ली दोस्रो स्थानमा रहेको छ भने पराजित लखनउ ९ खेलबाट १० अंकका साथ पाँचौं स्थानमा छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत