बुधबार, फाल्गुन ६, २०८२

अमेरिकी डलर संगै युरोको भाउ पनि घट्यो, अन्यको अवस्था कस्तो छ ?


कान्तिपथ


काठमाडौ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ ३६ पैसाले घटेको छ । 
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज पनि एक अमेरिकी डललको खरिददर १३६ रूपैयाँ १२ पैसा र बिक्रीदर १३६ रूपैयाँ ७२ पैसा कायम गरिएको छ । यसअघि बिहिबार अमेरिकी डलरको खरिददर १३६ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३६ रूपैयाँ ९८ पैसामा कारोेबारको थियो ।   
आज यूरोपियन युरो एकको खरिदमूल्य १५४ रूपैयाँ ९७ पैसा र बिक्रीमूल्य १५५ रूपैयाँ ६५ पैसा तोकिएको छ । यो भाउ अघिल्लो दिनको तुलनामा यसको भाउ ३४ पैसाले घटेको छ । यसअघि बिहिबार युरो एकको खरिदमूल्य १५५ रूपैयाँ ४० पैसा र बिक्रीमूल्य १५६ रूपैयाँ ०८ पैसामा कारोबार थियो ।     
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १८१ रूपैयाँ २५ पैसा र बिक्रीदर १८२ रूपैयाँ ०५ कायम गरिएको छ । 
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रूपैयाँ २८ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ २१ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६४ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ५६ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ६० पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६७ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ४९ पैसा तथा बिक्री दर ९ रुपैयाँ ५३ पैसा कायम गरेको जनाइएको छ । 
यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ३५ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ५१ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ २९ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४५ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३७ रूपैयाँ २२ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार ३१ रूपैयाँ १३ पैसा र बिक्रीदर ३१ रूपैयाँ २६ पैसा कायम गरेको छ । 
साथै, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ०५ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ०१ पैसा र बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ १२ पैसा र बिक्रीदर ३६२ रूपैयाँ ७२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत