बुधबार, फाल्गुन ६, २०८२

सैलुनमा गोली चल्याे, तीन जनाको मृत्यु


कान्तिपथ


युरोपेली देश स्वीडेनको अप्सला सहरमा रहेको हेयर सैलुनमा गोली चलेको छ । अहिले यसमा ३ जनाको मृत्यु भइसकेको छ भने धेरै घाइते भएका छन् ।

स्वीडेनको मिडियाले यो जानकारी दिएको छ । स्थानीय प्रहरीका अनुसार साँझ सहरको वाक्सला स्क्वायर नजिकै गोली चलेको आवाज सुनेपछि सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए ।

मंगलबार एक विज्ञप्तिमार्फत स्विडन पुलिसले जानकारी दिए केही मानिसले प्रहरीकोमा कल गरेका थिए कि सैलुनमा गोली चलेको छ ।

यो घटना राजधानी स्टकहोमको उत्तरमा ६०  किलोमिटर टाढा रहेको भाक्सला स्क्वायर नजिक भएको हो । त्यसपछि आकस्मिक सेवाका कर्मचारीहरू घटनास्थलमा पुगेका थिए र हत्याको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

स्वीडेनको सार्वजनिक टेलिभिजन स्टेशन एसटिभीले सो हत्यामा संलग्न संदिग्ध स्कूटरमा भागेको बताएको छ। प्रहरी अधिकारीले इलाकालाई घेरा हालेर अनुसन्धान सुरु गरेका छन् । घाइतेहरुलाई अस्पताल लगिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत