मङ्लबार, बैशाख ८, २०८३
  • गृहपृष्‍ठ
  • समाज
  • दास प्रथा अन्त्यपछिका युवालाई नेपाल युथ फाउण्डेसनको सीप प्रशिक्षण

दास प्रथा अन्त्यपछिका युवालाई नेपाल युथ फाउण्डेसनको सीप प्रशिक्षण


कान्तिपथ


ममता बिश्वकर्मा, महाेत्तरी । रोजगारीको अवसरका लागि मुक्त हरवाचरवा युवाहरु सम्मीलित ब्यबसायिक सिप बिकास तालिम सुरु भएको छ ।

तालिम ललितपुर स्थित ओल्गापुरी ब्यावसायिक तालिम केन्द्रमा आयोजना गरेकाे हाे ।

राष्ट्रिय दलित नेटवर्क, नेपालसंगको सहकार्यमा नेपाल युथ फाउण्डेसनले ब्यावसायिक सिप बिकास तालिम मार्फत रोजगारीका अवसरमा पहुँच अभिबृद्धी गर्ने उद्देश्यले मधेश प्रदेशका ८ वटै जिल्लाका २१ वटा स्थानिय तहबाट ५० जना मुक्त हरवाचरवा यूवाहरुलाई छनोट गरेको छ ।

छनोट गरिएका यूवाहरुको रुची र आवश्यकता अनुसार उनीहरुलाई निशुल्क आवाशिय रुपमा ३९० घण्टे वाईरिङ्ग तालिम, ३९० घण्टे सहायक प्लम्बर तालिम, ३९० घण्टे फर्निचर निर्माण कारपेन्ट्री तालिम र ५५० घण्टे वेल्डिङ्ग तालिम प्रदान गरिने कुरा नेपाल युथ फाउण्डेसनका कार्यक्रम ब्यवस्थापक लक्ष्मी घिमीरेले बताईन ।

सो तालिमहरुको प्राथमिक उद्देश्य सहभागीहरूलाई उनीहरूको छनौट गरिएका क्षेत्रहरूमा आवश्यक सीपको माध्यमबाट उनीहरूको व्यावसायिक वृद्धि र रोजगारीलाई प्रबद्र्धन गर्नु रहेको छ ।

नेपाल सरकारले औपचारिक रुपमा मधेश प्रदेशका ८ वटा जिल्लाहरुमा अझैपनि दाशप्रथाको अवशेषका रुपमा रहेका हरवाचरवा प्रथाको अन्त्य बि.स. २०७९ श्रावण गरेको मुक्तिको घोषणा भएको झण्डै ३ बर्ष हुन लाग्दा पनि उनीहरुको पुनस्र्थापनाको काम सरकारले अगाडी बढाउन सकेको छैन जसले गर्दा उनीहरुको जनजीवीकाको सवाल दिनानुदिन कष्टकर हुदै गएको छ ।

यस सवाललाई ध्यानमा राख्दै बेरोजगार हरवाचरवा यूवालाई नेपाल यूथ फाउण्डेसनले उनीहरुलाई सीपमा आधारित तालिममा उप्प्रेरीत गर्नु प्रशंसनीय काम रहेको राष्ट्रिय दलित नेटवर्क, नेपालका कार्यकारी निर्देशक हुकुम बहादुर सार्किले बताउनु भयो ।

यस अघि स्थानिय सरकारसंग समन्वय गरि तालिमका सहभागिहरुलाई छनोट गर्नका लागि नेपाल युथ फाउण्डेसन र राष्ट्रिय दलित नेटवर्क, नेपालको संयुक्त टोली मधेश प्रदेश अन्तरगत सप्तरी जिल्लाको कञ्चनरुप र सुरुङ्गा नगरपालिका, सिराहाको धनगढीमाई नगरपालिका र लक्ष्मीपुर पटारी गाऊँपालिका, धनुषाको सहिदनगर र बिधेह नगरपालिका, महोत्तरीको मटीयानी, औरही र एकदारा नगरपालिका, सर्लाहीको ईश्वरपुर र हरीपुर नगरपालिका, ब्रहमपुरी र चन्द्रनगर गाऊँपालिका, रौतहटको माधवनारायण, गरुडा र बिन्द्राबन नगरपालिका, बाराको कोल्भी नगरपालिका, बारागढी र करैयामाई गाऊँपालिका पर्साको बिरगंज महानगरपालिका र पकाहामैनपुर गाऊँपालिकामा पुगी ४१० जना मुक्त हरवाचरवा यूवाहरुको भेला मार्फत उनीहरुका लागि अभिमुखीकरण कार्यक्रमहरु समेत आयोजना गरेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत