बिहिबार, जेष्ठ ८, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • माधवनारायण नगर प्रमुखद्वारा १३० जना जेष्ठ नागरिकलाई सम्मान

माधवनारायण नगर प्रमुखद्वारा १३० जना जेष्ठ नागरिकलाई सम्मान


कान्तिपथ


रौतहट । रौतहटको माधवनारायण नगरपालिका  मेयर  बैजनाथप्रसाद यादवले  १ सय ३० जना जेष्ठ नागरिकलाई सम्मान गरेका छन्।

एक कार्यक्रमको आयोजना गरी पालिकाभित्रका १३० जना ज्येष्ठ नागरिकलाई मेयर यादवले सम्मान गरेका हुन्। उनले माधवनारायण–६ माधोपुरस्थित एक कार्यक्रममा मेयर यादवले ८५ वर्ष भन्दा माथि उमेरका जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

उनले सम्मान गर्नुका साथै विभिन्न प्रकारका सामग्री समेत प्रदान गरेका छन्। वडा १ देखि ९ नम्बर वडाका ८५ वर्ष नाघेका १ सय ३० जना जेष्ठ नागरिकलाई दोसल्ला सहित एकएक थान टर्च लाईट, झुल, बिस्कुट, च्यवनप्रास लगाएतका सामग्री प्रदान गरिएको मेयर यादवले न्युजकारखानालाई बताए । 

ज्येष्ठ नागरिकलाई सम्मान गर्नु सांस्कृतिक, नैतिक र व्यावहारिक सबै पक्षले उचित रहेकोले आफूले उनीहरुलाई पालिकाको तर्फबाट सम्मान गरेको उनको भनाई रहेको छ। ज्येष्ठ नागरिकसँग वर्षौंको परिश्रम र अनुभवबाट आर्जित ज्ञानको भकारी हुन्छ । सामान्य जीवन जिउने तरिका देखि कृषि, पूर्वाधार, शैक्षिक, व्यवस्थापकीय आदि ज्ञान र अनुभव हुन्छ । यसलाई मार्गदर्शनका रूपमा उपयोग गर्न सकियो भने सबैलाई फाइदा  हुने मेयर यादवले जानकारी दिएका छन्।

उक्त अवसरमा उपमेयर निर्मला देवी रमण,  प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादव,  वडा ६ अध्यक्ष रामनरेश राय, वडा ७ का अध्यक्ष योगेन्द्रप्रसाद कुशवाहा लगायतका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयहरुको सहभागिता रहेको थियो।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत