काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को भातृ संगठन नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिवेशनमा पार्टी नेतृत्वको हस्तक्षेबाट नेतृत्व चयन भएको छ ।
शनिबार नयाँ बानेश्वर स्थित थापा गाउँमा पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको सम्बोधन सहित उद्घाटन भएक उक्त महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिको मर्मविपरीत पार्टीको हस्तक्षेप गरेको बताएको छ । नेतृत्व चयनमा अध्यक्ष मण्डलको अध्यक्ष तथा पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे नेतृत्वको समितिले सामान्य मापदण्ड समेत पूरा नगरी एक एक पक्ष ढंगले नेतृत्वको नाम घोषणा गरेका थिए ।
सहमतिको नाम जनजाति समूहवीच झगडा गराएर आफू निकट व्यक्तिहरुको नामावली घोषणा गरेपछि हलभित्र नारावाजी चलेको थियो । निर्वाचनको लोकतान्त्रिक विधि र पद्धति विपरीत उम्मेद्वारीहरुको नामावली समेत प्रकाशन नगरी नयाँ कार्यसमिति घोषणासंगै पार्टीभित्र तानाशाही भएको भन्दै प्रतिनिधिहरुले विरोध जनाए । जनजातिको नेता छान्ने अधिकार महाधिवेशनमा सहभागी प्रतिनिधिलाई नै हुनुपर्ने माग राख्दै चर्को आवाज निकालेका थिए ।
समाजवादी पार्टीभित्र सामान्ती र तानाशाहीको प्रवित्ती देखाएको भन्दै प्रतिनिधिहरुले विरोध जनाए । त्यस्तै निर्वाचन समितिले उम्मेद्वारीको नामावली प्रकाशन नगरी हस्तक्षेपकारी भूमिका खेलेको भन्दै क्रम संख्या पहिलो नम्बरका अध्यक्ष पदका उम्मेद्वार टलक घिसिङ र क्रम संख्या पहिलो नम्बर महासचिव पदका उम्मेद्वार भिम लामा लगायत अन्य पदका उम्मेद्वारहरुले आपत्ति जनाएका थिए । सहमति र छलफलविना एकलौटी तरिकाबाट नयाँ समितिको नामावली घोषणापछि सिद्धान्तहिनताको पराकाष्ठा गरेको भन्दै अध्यक्ष र महासचिवका उम्मेद्वारले पार्टी निर्वाचन आयोगमा उजुरी हाल्ने बताएका छन् ।
उम्मेद्वार दिने साथीहरूको छलफल र सहमति बिना टिम घोषणा गरेको भन्दै निर्वाचन समिति र अध्यक्ष मण्डलका प्रतिनिधिहरु विरुद्ध उजुरी दिने बताएका छन् । पार्टी वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कमान्ड गरेको उक्त महाधिवेशनमा असहमतिका विच नयाँ कार्यसमिति घोषणा गरेका छन् ।
पार्टीको विधि, विधान र लोकतान्त्रिक प्रक्रिया बिपरित निर्वाचन प्रक्रियालाई जबर्जस्त तवरले अगाडि बढाएपछि प्रतिनिधिहरुले चर्को आलोचना गरेका थिए । साथै पाण्डे बोलिरहेका बेला हलभित्र बत्ती निभाउने र माइक अफ गरिदिएपछी स्थिति तनाव बनेका थिए । स्थिति तनाव हुने र आफू कुटिने डरले पाण्डेले प्रहरी बोलाएको थियो । हलभित्र प्रहरी प्रवेश लगत्तै पुनः प्रतिनिधिहरुले प्रश्न गर्दै हलभित्र प्रवेश कस्को निर्देशनमा भयो भन्दै चर्को आवाज गरे ।
संगठनलाइ सस्थागत विकासभन्दा गुठगत हिसाबले अगाडि बढाएको आरोप लगाउदै नेतृत्व नसच्चिए ठूलो नोक्सानी व्यहोर्नुपर्ने बताएका थिए । समावेशी र समाजवादको नारा लगाउने पार्टीभित्र पदाधिकारीमा महिलाको सहभागिता न्यून रहेको छ भने मंचमा पुरुष बाहेक कोहि अतिथि अटाउन सकेका थिएनन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ