काठमाडौं । चर्चित गायक कृष्ण रेउले र गायिका एलिना चौहानको आवाज रहेको गीत ‘कुरै खल्लास‘ ले यतिबेला सामाजिक संजालमा बजार तताईरहेको छ ।
गीतको भिडियोमा नायिका प्रियंका काकीको दमदार नृत्यले झनै सुुनमा सुुगन्ध भरेको छ । केही दिन अघी सार्वजनिक भएको यो गीत अहिले युुट्युुबको १४ नम्बर ट्रेडिङमा पर्न सफल भएको छ । ‘कुरै खल्लास’ गीतमा कृष्ण रेउले, एलिना चौहान र रेशम पुनको स्वर रहेको छ भने मञ्जित पुनको शब्द, ऋषी खड्काको संगीत रहेको छ ।
गीतको भिडियोमा प्रियंका कार्की, बिमल अधिकारी, बिक्रम बुढाथोकी, बिजय पुन, करिश्मा शाही, जोयम पुन, कृष्ण रेउले आदीको अभिनय रहेको छ । यस गीतलाई कृष्ण रेउलेको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
बिगत दुुई दशक देखी निरन्तर कलाकारितामा होमिएका कलाकार कृष्ण रेउले बहुुप्रतिभावान् कलाकार हुुन् । उनले मिठो गाउछन्, नृत्यमा पनि अब्बल छन् साथै बाध्यबादनमा पनि पोख्त छन् । ‘कुरै खल्लास’ नामक गीत मार्फत कृष्ण रेउलेको चर्चा चुलिदै छ । यो गीत दर्शकहरुले छोटो समयमै रुचाएकाले ट्रेडिङमा पर्न सफल भएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ