बुधबार, फाल्गुन ६, २०८२

जित्नै पर्नै दबाबका बिच नेपाल बहराइनसँग भिडदैँ


कान्तिपथ


काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आज बहराइनविरुद्ध खेल्दैछ । 

थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपालले आज बहराइनविरुद्ध खेल्न लागेको हो ।

 नेपाली समय अनुसार सो खेल १२ः ३५ बजेदेखि शुरु हुनेछ ।

 नेपालले जारी प्रतियोगिताको पहिलो खेलमा हङकङ चाइनाविरुद्ध बर्षाले रद्ध भएपछि १–१ अंक बाँडेको थियो भने दोस्रो खेलमा बहराइनलाई पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा हङकङ चाइनासँग पराजित भएको थियो ।

नेपालले सुपर थ्रीमा आफ्नो स्थान पक्का गर्नका लागि लागि आजको खेल जित्नै पर्ने दबाबमा छ । कुल ९ देशले भाग लिइरहेको एशिया छनौटमा नेपाल समुह सी मा रहेको छ ।

 
नेपाली टोलीः 
लइन्दु बर्मा (कप्तान)  पुजा महतो (उपकप्तान), रोमा थापा, रुबी पोडार, रुबिना क्षेत्री, कबिता कुँवर, बिन्दु रावल, सबनम राई, कविता जोशी, इश्वरी बिष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमती ऐरी र रिया शर्मा
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत