काठमाडौँ । नेपाल प्रहरीका नायव निरीक्षक राजनबहादुर खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई वैशाख महिनाको उत्कृष्ट अनुसन्धानकर्ता घोषित गरेको हो ।

अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले उनलाई उत्कृष्ट प्रहरीको रूपमा पुरस्कृत गरेका छन् ।
प्रहरी नायव निरीक्षक खड्का सङ्गठित अपराध अनुसन्धानमा अब्बल भनेर चिनिएका छन् ।
उनी लामो समयदेखि काठमाडौँमा हुने गरेको सङ्गठित अपराध, अपहरण र गुण्डागर्दी नियन्त्रणमा सक्रिय छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ