काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ।
पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्।
सोही क्रममा गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक भएको छ।
यस गीतमा गोबिन्द मधुर आचार्य, सुश्मा बिसी, बिन्दु बिसी आदीको स्वर रहेको छ भने सुरेश शिवाकोटीको शब्द, गोबिन्द मधुर आचार्यको संगीत रहेको छ।
यस गीतको भिडियोमा निरेन श्रेष्ठको निर्देशन रहेको छ भने चक्र बहादुर बरालको छायांकन, बिष्णु खड्काको सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा सञ्चिता बोलाखे, गोबिन्द बिबश, सन्देश थापा, सुरेश शिवाकोटी, प्रेमराज लामिछाने लगायत अन्यको अभिनय रहेको छ।
यस गीतलाई गोबिन्द मधर आचार्यको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ