बुधबार, बैशाख २, २०८३

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ


कान्तिपथ


काठमाडौं, २ जेठ । ठगी मुद्दाका फरार प्रतिवादी भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघर बस्ने ४९ वर्षीय सुरेन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत भक्तपुरबाट उक्त मुद्दामा गत चैत १९ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर गठ्ठाघरबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत