काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७, भकुन्डेबेशीस्थित कवर्ड हलमा सम्पन्न क्योकुशिन कराते प्रतियोगितामा काभ्रे, काठमाडौं र ललितपुर जिल्लाका गरी ७४ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका छन्।
नरेफाड सेवा समाजको आयोजनामा सम्पन्न उक्त प्रतियोगिताको प्रमुख अतिथिका रूपमा नरेफाड सेवा समितिका अध्यक्ष सार्कीमान तामाङले उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि तामाङले युवाहरूलाई अनुशासित, स्वस्थ र आत्मरक्षा योग्य बनाउन करातेजस्ता खेलको महत्त्व रहेको बताए। साथै, उनले यस्ता प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिभाशाली खेलाडी उत्पादन गर्न भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रमको सभापति विश्व स्वतन्त्र क्योकुशिन संगठन नेपालका अध्यक्ष तथा शाखा प्रमुख शिहान दिल दोर्जे लामाले आफ्नो सम्बोधनमा सन् २०७२ सालमा स्थापना भएको डोजोबाट हालसम्म ३२ जना खेलाडी ब्ल्याक बेल्ट बन्न सफल भएको जानकारी दिए।
उनले तीन महिनापछि यही क्षेत्रमा प्रोफेसनल क्योकुशिन खेल आयोजना गरिने तयारी भइरहेको समेत जानकारी दिए।
कार्यक्रममा विशेष अतिथि खेलकुद विकास केन्द्रका अध्यक्ष कान्छमान तामाङले अनुशासन र इमान्दारीलाई खेलकुद क्षेत्रको आधार मानेर अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले खेलाडीको शारीरिक तथा मानसिक विकासका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताए।
त्यसैगरी, नमोबुद्ध चेम्बर अफ कमर्सका अध्यक्ष विदुर वर्तौलाले खेलमा लगनशीलता, धैर्यता, अनुशासन र दृढ संकल्प आवश्यक रहेको भन्दै हारजितलाई सहज ढंगले स्वीकार गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा नरेफाड सेवा समाजका सहकोषाध्यक्ष दीपबहादुर श्रेष्ठ, तामाङ पत्रकार संघ काभ्रेका सचिव अशोक बुद्ध लामा, पूर्व खेलाडी तथा शिक्षक विष्णु न्यौपाने, रेडियो रोशीका पत्रकार देवराज उप्रेती, प्रहरी, मेडिकल टोलीलगायत दर्जनौं दर्शकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन सिर्जना तामाङले गर्नुभएको थियो भने उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई पदक र प्रमाणपत्र वितरण गरिएको थियो।
Birdhoj Moktan (wiko) Winner, Abiral Gharti Magar (so kyokushin) Runner up
Male 47 kg
Sujan Tamang (wiko) Winner, Dipesh Sapkota (so kyokushin) Runner up
Male 48 kg
Roman Tamang (wiko) Winner, Libhan Shrestha (wiko) Runner up
Male 50 kg
Nir Bahadur Shrestha (wiko) Winner, Sabin Tamang (wiko) Runner up
Male 51 kg
Pawan B.K. (wiko) Runner up, Sadip Nagarkoti (iko) Winner
Male 52 kg
Samten Tamang (wiko) Runner up, Jimme Thing Tamang (wiko) Winner
Male 53 kg
Sagun Tamang (iko) Runner up, Sunil Kumar Mandal (so kyokushin) Winner
Male 57
kg Rupesh Shrestha (wiko) Winner, Nishchal Shrestha (iko) Runner up
Female 34 kg
Rihana Giri (so kyokushin) Runner up, Prakriti Chamling Rai (te shin kai) Winner
Female 38 kg
Susmita Surkheti (wiko) Winner, Reeyana Silwal (te shin Kai) Runner up
Female 39kg
Pujana Shrestha (wiko) Runner up, Kusum Thing (te shin kai) Winner
Female 40 kg
Anamika Tamang (wiko) Runner up, Kristina Shahi. (wiko) Winner
Female 42 kg
Bandana Tamang (wiko) Winner, Ruth Achhami (so kyokushin) Runner up
Female 44 kg
Archana Bom (wiko) Winner, Grishma Rai (so kyokushin) Runner up
Femal 46 kg
Rabita Shah (wiko) Winner, Saraswoti Ghlan (wiko) Runner up
Femal 47 kg
Karishma Lama (wiko) Winner, Aayushma Tamang (te shin kai) Runner up
Female 51 kg Ritika Surkheti (wiko) Runner up, Solomi Moktan (so kyokushin) Winner
Female Heavy Weight
Roshani Tamang (wiko) Runner up, Rubina Shrestha (wiko) Winner
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ