सिरहा। मिथिलाञ्चलसहित तराई मधेसका जिल्लाहरुमा बिबाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै वटसावित्री पर्व आज हर्षउल्लासका साथ मनाइदै छ।
सिरहा लगायत ग्रामीण क्षेत्रका महिलाहरुले पतिको दीर्घायुको कामना गर्दै बरको रुखमा रातो पहेँलो धागो बाँधी बट सावित्री पर्व मनाइरहेका छ्न।
वर्तालु महिलाहरुले नजिक को बरको रुखमा पान , सुपारी केरा लगायत फ्लफुल चंढाएर पुजा गर्नाका साथै रातो पहेँलो धागो बेर्ने गरिन्छ।

वटसावित्री पर्वलाई स्थानीय भाशाना बरसाइत पावनी पनि भनिन्छ।
प्राचीनकालमा सति सावित्रीले आफ्ना पति सत्यवानको अल्पायुमा निधन भएपछी यो पुजाको परम्परा प्प्रारम्भ भएको जन विश्वास छ।
वट सावित्रीको पुजाका प्रभावले सावित्री यमाराज बाट पतिको प्राण फिर्ता ल्याएको र पति जिवीत भएको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख छ।
यसैले मिथिलानी विवाहिता महिलाहरु दिन भरी निरहार बसी बट सावित्री पर्व उत्साह र निष्ठा पुर्व क मनाउने गर्छ्न।
यो पर्वमा वरको रुख मुनि ब्र्हमा, बिष्णु र रुद्र सहित का देवता को पुजा गरिन्छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ