काठमाडाैं । कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित मुलपानीमा आयोजित “कागेश्वरी मनोहरा (मुलपानी) महोत्सव–२०८२” को अवसरमा पत्रकार टीका रसाइली नेपाली पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मानित गरिएको छ।
२०८२ साल जेठ १६ गतेदेखि असार १ गतेसम्म आर्या मिडिया हाउसको आयोजना तथा संयुक्त मेला महोत्सव ग्रुप प्रा. लि.को व्यवस्थापनमा भव्य रूपमा सञ्चालित उक्त महोत्सवमा पत्रकार रसाइलीलाई विशेष सम्मान प्रदान गरिएको हो।

कार्यक्रममा आयोजकहरूले रसाइलीको समाजिक सरोकार, निष्पक्षता, जनआवाज प्रवाह र पत्रकारिताको माध्यमबाट परिवर्तन ल्याउने क्रियाशीलतालाई उच्च मूल्याङ्कन गर्दै, पत्रकारिता सेवा, निष्ठा र सत्यतर्फको समर्पणका लागि सम्मान प्रदान गरिएको जनाएका छन्।
पत्रकार रसाइलीले स्थानीयदेखि राष्ट्रिय तहसम्म पत्रकारिता गर्दै जनताको आवाज जिम्मेवारीपूर्वक सार्वजनिक गर्दै आएकी छिन्।
विशेष गरी ग्रामीण क्षेत्रमा उत्पन्न समस्या, महिला सशक्तीकरण, शिक्षाको पहुँच, युवाको भूमिका, गरिबी निवारण, र सामाजिक विषयवस्तुमा उनले लामो समयदेखि कलम चलाउँदै आएका छन्।
सम्मान प्राप्तपछि पत्रकार रसाइलीले भनिन्: “पत्रकारिता मेरो पेशा मात्र होइन, समाज र राष्ट्रप्रति मेरो दायित्व हो। सत्य र निष्पक्षताप्रति प्रतिबद्ध रही आगामी दिनहरूमा झनै जनमुखी पत्रकारिता गर्न उत्साहित भएकी छु।”
कार्यक्रममा अन्य विभिन्न क्षेत्रका प्रतिभाहरूलाई पनि सम्मान गरिएको थियो। आयोजकहरूले यस्ता सम्मानले पत्रकारजस्तै सामाजिक रूपान्तरणका संवाहकहरूलाई थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
पत्रकार रसाइली विगत तीन सालदेखि खप्तडटिभीकाे डेक्स सम्पादककाे रूपमा कार्यरत छिन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ