बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा सम्पन्न

नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा सम्पन्न


कान्तिपथ


काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा सम्पन्न भएको छ । काठमाडौमा आयोजना भएको उक्त साधारणसभा बाट हरिराम बोगटीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमति चयन भएको हो। कार्यसमितिको पदाधिकारीमा वरष्ठि उपाध्यक्षमा दलिकुमार बशुिन्खे र लक्ष्मण मंग्राती, महासचिआ बिधान बोगटी, सचविमा कुमार मंग्राती, सह-सचिवमा सानुबाबू बोगटी र कोषाध्यक्षमा परमेश बशिंखे चयन भएका हुन् ।

साधारण सभा बाट निर्वाचित भए पश्चात् संघका अध्यक्ष बोगटीले छाला जुत्ता उ‌द्योगको संस्थागत विस्तार र उद्यमीहरुको हितमा सक्रिय र प्रभावकारी भूमकिा खेल्ने प्रतिबद्धता जनाएका छन् । परम्परागत नेपाली छाला जुत्ता उ‌द्योगको बजार विस्तार, गुणस्तर सुधार र नवीन प्रवधिको उपयोगमा गरेर जान पर्नेमा जोड दिदै झन्डै ८०% नेपाली जुत्ता बजार स्वदेशी उत्पादनले धान्न सफल भएको भन्दै स्वदेशी उत्पादनको शतप्रतिशत आत्मनिर्भर बनाउन लागी पर्ने प्रतिबद्धता जनाएका हुन् । गत शनिबार काठमाडौ आयोजना भएको उक्त कार्यक्रममा नेपाल घरेलु तथा साना उ‌द्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंह, काठमाडौ उ‌द्योग तथा वाणज्यि कार्यालय प्रमुख, समितिका सल्लाहकार, संघमा आवद्ध उधेमी,पेशागत व्यवसायीहरू लगायत सरोकारवालाहरुको कार्यक्रममा सहभागीता रहेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत