आइतवार, बैशाख २०, २०८३

लोकप्रिय गायक खत्रीको नयाँ गीत “पानी पर्यो रुझायो” सार्वजनिक


कान्तिपथ


काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्।

सोही क्रममा लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “पानी पर्यो रुझायो” सार्वजनिक भएको छ।

अहिले बर्खा लागेको र मनसुन भित्रिएको कुरालाई समाबेश गर्दै प्रेमी र प्रेमिकाको बिषय बस्तुलाई समेटिएर यस गीत सार्वजनिक गरिएको हो। यस गीतमा बिष्णु खत्री र देबी घर्ती मगरको स्वर रहेको छ भने बिष्णु खत्री कै शब्द, संगीत रहेकोख छ।

गीतको भिडियोमा रबिन शाहको निर्देशन रहेको छ भने हरिश महराको छायांकन, राज कुमार मगरको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा बिष्णु खत्री र सरिता दान्कुटीको अभिनय रहेको छ। यस गीतलाई बिष्णु खत्रीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत